आज ५ वटा संसदीय समितिको बैठक बस्दै

Thankot Times

थानकोट । 

आज बुधबार एकैपटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ।

जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा संसदीय मामिला समितिको बैठक बस्दैछ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालय, खानेपानी मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुनेछ।

त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० मा विज्ञसँग छलफल हुनेछ।

त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सदस्यहरुसंग छलफल हुनेछ।

बिहान १० बजे बस्ने महिला तथा समाजिक मामिला समितिको बैठकमा बाल सुधार गृहहरुको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा मन्त्रालयले गरिरहेको काम कारवाहीका बारेमा छलफल हुनेछ।

त्यस्तै बिहान ८ बजेबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बसिरहेको छ। बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भइरहेको बुझिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *