उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन गरिदैँ

Thankot Times

थानकोट ।

इलाम र बझाङ जिल्लामा हुने उप निर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुदैँछ । 

आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो । 

निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ ।

आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ । 

इलाममा संघीय संसदका लागि र बझाङमा प्रदेश संसद सदस्यका लागि निर्वाचन हुदैँछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *