सांसद पदको शपथ ग्रहण गर्दै सुहाङ नेम्वाङ
थानकोट ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दैछन् ।
सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ गराउने कार्यक्रम छ ।
शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हल सिंहदरबारमा राखिएको छ ।
गत वैशाख १५ मा इलाम-२ को उपनिर्वाचनबाट नेकपा एमालेका उमेदवार नेम्वाङ निर्वाचित भएका थिए ।










