जेठ ३० गतेसम्मका लागि चन्द्रागिरि केबलकार सञ्चालनको समयमा हेरफेर
थानकोट।
चन्द्रागिरि केबलकार भोलि (जेठ ६ गते) देखि जेठ ३० गतेसम्म बिहान १० बजेबाट मात्रै सर्वसाधारणका लागि खुला गरिने भएको छ ।
चन्द्रागिरि हिल्स व्यवस्थापनका अनुसार नियमित सुरक्षा जाँचका लागि केबलकार सञ्चालनको समय परिवर्तन हुन लागेको हो ।
शनिबार एक सूचना जारी गर्दै
चन्द्रागिरि हिल्स व्यवस्थापनले केबलकार सेवा आइतबार देखि बिहीबारसम्म बिहान १० बजेदेखी साँझ ६ बजेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।
शुक्रबार, शनिबार र अन्य सार्वजनिक बिदाका दिन बिहान १० बजेबाट बेलुकी ९ बजेसमम खुला हुनेछ ।













