बागमतीमा युवा तथा खेलकुद मन्त्रालयलाई ७४ करोड बजेट
थानकोट ।
बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ७४ करोड बजेट ल्याएको छ ।
समग्र प्रदेशको बजेट भने ६४ अर्ब ५४ लाख रुपैयाँ रहेको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको हो ।
आगामी आर्थिक वर्षमा प्रदेश ल्याएको कुल बजेट मध्ये भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सबैभन्दा बढी रहेको छ ।
प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि २२ अर्ब ६४ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्ब ६२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको २ अर्ब ४६ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।
उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका लागि ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयका लागि ३ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
श्रम रोजगार तथा यातायात मन्त्रालयका लागि ९३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका लागि ४ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सामाजिक विकास मन्त्रालयका लागि ३ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयका लागि ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ, यो प्रदेशको नयाँ मन्त्रालय हो ।
खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयका लागि ६ अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत वित्तीय क्षेत्रका लागि २४ करोड २ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि ५० करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।










