बूढानीलकण्ठबाट २० किलो बढी सुन बरामद

Thankot Times

थानकोट ।

प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट २० किलो सुन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुन बरामद गरेको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा सुन पक्राउ गरेको जनाएको छ ।

बरामद सुनमध्ये ११ किलो तयारी अवस्थाको र १० किलो बढी प्रशोधन गर्ने तयारीमा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन बरामद गरेको जनाएको छ । शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ