नेकपा एसकाे महाधिवेशनका लागि चन्द्रागिरिबाट सर्वसम्मत चयन भए प्रतिनिधि
थानकोट ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय महाधिवेशनको तयारीमा जुटेको छ ।
असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनका लागि पार्टीले प्रतिनिधि चयन प्रक्रिया तिव्र बनाएको छ।
जसअनुसार नेकपा एसकाे काठमाडौं क्षेत्र नम्बर १० को भेलाले महाधिवेशनमा प्रतिनिधित्व गर्ने नेता कार्यकर्ताकाे टुंगाे लगाएको छ ।
थानकोट टाइम्सलाई प्राप्त जानकारी अनुसार काठमाडौं क्षेत्र नं. १० अन्तर्गत कीर्तिपुर नगर क्षेत्रबाट बटुकृष्ण थापा र याेगेन्द्र थापा महाधिवेशनका लागि छनाेट भएका छन्, यस्तै चन्द्रागिरिबाट भाइकृष्ण बलामी र जानुका बस्नेत चयन भएकाे साे पार्टीका काठमाडौं क्षेत्र नं १० का क्षेत्रीय अध्यक्ष भाइकृष्ण बलामीले जानकारी दिए ।
बुधबार सम्पन्न भेलामा पार्टी उपमहासचिव विजय पौडेल, केन्द्रीय सदस्य तथा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रमा आले मगर लगायत साे पार्टीका विभिन्न तहका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कीर्तिपुर र चन्द्रागिरिबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरिएको हाे ।










