पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर, उम्मेदवारी दर्ता शनिबार

Thankot Times

थानकोट ।

असार २२ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै कार्यतालिकामा परिवर्तन भएको जानकारी गराएको छ ।

परिवर्तन भएको कार्यतालिका अनुसार महासंघको नेतृत्वका लागि आज हुने भनिएको मनोनयन दर्ता शनिबारलाई सरेको छ ।

शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवार दर्ता हुनेछ ।

त्यसका लागि आज रातिसम्म अन्तिम मतदाता नामावली प्रकाशीत हुनेछ ।

त्यस्तै शनिबार राती ८ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ भने उम्मेदवारविरुद्ध दाबी बिरोध शनिबरा राती ८ बजेदेखि आइतबार बिहान ११ बजेसम्म गर्न सकिनेछ ।

उम्मेदवारी फिर्ता लिन चाहेमा असार १६ गतेको समय निर्धारण गरिएको छ भने अन्तिम नामावली १६ गते दिउँसो सार्वजनिक हुनेछ ।

२२ असारमा मतदान हुने र सोही दिन रातीबाट मत गणना सुरु गर्ने कार्यतालिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *