बागमती प्रदेश सरकार ढल्ने निश्चित, केन्द्रको निर्देशन कुर्दै नेकपा एमाले

Thankot Times

थानकोट ।

केन्द्रमा एमाले-कांग्रेस सत्ता साझेदारीको सहमति बनेसँगै बागमती प्रदेश सरकार ढल्ने निश्चित भएको छ।

केन्द्रीय तहमा सत्ता समीकरण बदलिएसँगै बागमती प्रदेश सरकारमा पनि त्यसको बाछिटा पर्ने देखिएको हो ।

नयाँ समीकरण अनुसार केन्द्रमा सरकार निर्माणको तयारी थालिएसँगै माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकार कहिलेसम्मका लागि हो भन्नेबारे चासो बढेको छ ।

साझेदार दलका नेता तथा सांसदहरू केन्द्र सरकार गठन लगत्तै प्रदेश सरकारका विषयमा अघि बढ्ने तयारीमा छन् ।

नेकपा एमाले सांसद एवं प्रदेशका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलका अनुसार केन्द्रमा सरकार निर्माण प्रक्रिया अघि बढे लगत्तै प्रदेश सरकारका बारेमा निर्णय हुनेछ ।

रातोपाटीबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *