बागमतीमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने

Thankot Times

थानकोट ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्‍बाट विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद्‍बाट विश्वासको मत लिने रणनीति बनाएसँगै मुख्यमन्त्री जम्कट्टेलले पनि विश्वासको मत लिने भएका हुन् ।

आइतबार काठमाडौँमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत फेस गरेर अघि बढ्ने सुझाव दिएपछि मुख्यमन्त्री जम्कट्टेल सोही अनुसार तयार भएको बताइएको छ ।

संसदीय दलका मुख्य सचेतक रत्न प्रसाद ढकालका अनुसार संसदीय दलको बैठकमा सबैले विश्वासको मत फेस गर्न सुझाव दिएको र केन्द्रबाट पनि सोही अनुसार निर्देशन प्राप्त भएकाले मुख्यमन्त्री जम्कट्टेल तयार भएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *