बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने तयारी
थानकोट ।
साउन ६ गते बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भएका छन् ।
सोमबार बिहान मुख्यमन्त्री निवासमा सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीचको छलफलपछि मुख्यमन्त्री जम्कट्टेल साउन पहिलो हप्ताभित्र विश्वासको मत लिने टुंगोमा पुगेका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिन लागेको जानकारीसहितको पत्र प्रदेशसभा सचिवालयमा बुझाएका छन् ।
नेकपा एमालेले २४ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका जम्कट्टेलले प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।
मुख्यमन्त्रीको विपक्षमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको प्रदेशसभामा बहुमत छ ।
यसकारण मुख्यमन्त्री जम्मकट्टेल विश्वासको मत पाउने पाउने सम्भावना न्यून छ ।










