प्रधानमन्त्री केपी ओलीले साउन ६ गते संसदमा सम्बोधन गर्ने
थानकोट ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् ।
ओलीले चौथो पटक प्रधानमन्त्री बनेपछि पहिलो संसद् सम्बोधन गर्न लागेका हुन् ।
साउन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।










