प्रधानमन्त्री केपी शर्मा ओलीले दिए सांसद् महेश बर्तौलालाई मुख्य सचेतकको जिम्मेवारी
थानकोट ।
नेकपा एमालेका सांसद् महेश बर्तौलालाई सत्तारुढ दलको मुख्य सचेतकको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधबार मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।
मकवानपुर जिल्लाबाट निर्वाचित सांसद् बर्तौला यसअघि एमालेको सचेतक र प्रमुख सचेतक भएर जिम्मेवारी सम्हालेका थिए ।











