एमालेको आकस्मिक बैठक बस्दै

Thankot Times

थानकोट ।

सत्ता घटक दल नेकपा एमालेले केन्द्रीय कार्यालयमा आकस्मिक बैठक बोलाएको छ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्ने बैठक पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने गरि महासचिव शङ्कर पोखरेलले बोलाएका हुन् ।

बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *