कीर्तिपुरको मेयर पदमा नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन उम्मेदवार
थानकोट ।
मंसिर १६ मा हुने कीर्तिपुर नगर प्रमुख पदको चुनावका लागि नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार चयन गरेको छ।
स्थानीय तहको उपनिर्वाचनका लागि सो पार्टीले प्राध्यापक डा. शिवशरण महर्जनलाई उपनिवार्चनमा अघि सार्ने निर्णय गरेको बताइएको छ ।
कीर्तिपुर १० नयाँ बजार निवासी महर्जन त्रिविबाट सेवानिवृत्त प्राध्यापक हुन् ।
नेकपा (माओवादी केन्द्र)ले कीर्तिपुर वडा नं. १ र वडा नं. ४ वडा अध्यक्ष पदका लागि क्रमशः अष्टमान महर्जन र नारायण विष्टलाई उम्मेदवार तोकेको छ ।
स्थानीय तहको उपनिर्वाचनः कीर्तिपुर नगरको मेयरमा राप्रपाबाट ईञ्जिनियर ध्रुव महर्जन उम्मेदवार
कीर्तिपुर नगरको मेयर पदको उपनिर्वाचनमा नेकपा एमालेबाट नेकपा (एमाले)ले डा. सुरेन्द्र मानन्धर सिफारिस भएका छन भने राप्रपाले धुर्व महर्जनलाई टिकट दिइसकेको छ ।
कीर्तिपुरको मेयरका लागि नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धर उम्मेदवार सिफारिस
अन्य राजनीतिक दलबाट उम्मेदवार भइसकेका छैनन् ।
निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गराउनुपर्नेछ कार्यतालिका निर्धारण गरेको छ ।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरिने र त्यही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।
उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ ।
मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
मतदान सुरु हुनु ४८ घण्टा अगाडि अर्थात् मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले जनाएको छ ।
तस्बिरः वीरेन्द्र शाक्य










