स्थानीय तह उप-निर्वाचन: आज उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

Thankot Times

थानकोट ।

मंसिर १६ मा हुने स्थानीय तहको उप-निर्वाचनअन्तर्गत आज बुधबार उम्मेदवारले नाम फिर्ता लिन सक्ने तालिका छ । 

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।

आज नै दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । 

स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उमेदवारी परेको छ । ३५ महिला, ४८ पुरुष र एक अन्य छन् ।

गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाको उमेदवारी परेको छ ।

कीर्तिपुर नगरपालिका को रिक्त मेयर तथा वडा नं. १ र ४ मा वडाध्यक्ष पदमा निर्वाचन हुँदैछन् । ती तीन पदमा ४२ जनाले उम्मेदवारी दर्ता गराएको कीर्तिपुर नगरपालिका निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *