वेष्ट इण्डिजका लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने

Thankot Times

थानकोट ।

क्यारेबियन क्षेत्रका वेष्ट इण्डिजका पूर्व क्रिकेटर कप्तान एवम् लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् ।

नेपाल प्रिमियर लिग आयोजक समेत रहेको नेपाल क्रिकेट संघ (क्यान)ले लारा यही एनपीएलकै सन्दर्भमा नेपाल आउन लागेको जनाएको हो ।

‘ब्रायन लारा यो हप्ता भित्र आइपुग्ने कुरा छ । उनी अहिले भइरहेको एनपीएल हेर्न आउन लागेका हुन्’ क्यानका प्रवक्ता छुम्बी लामाले भने, ‘विश्वकै लेजेण्ड क्रिकेटर आएर नेपाली क्रिकेट हेर्दा र अबजर्भ गर्दा नेपाली क्रिकेटबारे संसार भर सन्देश जाने अनी क्यान र नेपाली क्रिकेटलाई पनि केही सुझाव दिने लगायत कुराहरु हुन्छ । फाइनलसम्म बस्ने नबस्ने निश्चित छैन । त्यो आएपछि पछि थाहा हुन्छ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *