नेपाल प्रिमियर लिग क्रिकेटः काठमाण्डु विरुद्ध विराटनगर ११७ रनमा अलआउट
थानकोट ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान भएको खेलमा काठमाण्डु गुर्खाजले विराटनगर किङ्सलाई ११७ रनमा अलआउट गरेको छ ।
टस जितेर काठमाण्डुले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा ११७ रन बनाउँदै १० विकेट गुमाएको हो ।
यससँगै काठमाण्डु गुर्खाजले जितका लागि ११८ रनको लक्ष्य पाएको छ ।
काठमाण्डुले आज फराकिलो अन्तरको जित निकालेमा प्ले अफमा पुग्ने सम्भावना कायम रहन्छ ।
जसका कारण आजको खेल काठमाण्डुका लागि निकै महत्त्वपूर्ण छ ।
विराटनगर भने यसअघि नै प्लेअफको दौडबाट बाहिरिइसकेको छ ।














