नेपाल महिला फुटबल टिम १३औँ फाइनलमा पनि पराजित
थानकोट ।
नेपाललाई पराजित गर्दै म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।
बुधबार हजाराै समर्थकहरूको उपस्थितिमा दशरथ रंगशालामा खेलाइएको प्रतियोगिताको फाइनलमा घरेलु टिम विरुद्ध २ गोल गर्दै बर्मेली टोलीले उपाधि जितेको हो ।
चार देशको सहभागिता रहेको प्रतियोगितामा लेबनान र कीर्गिस्तान भने लिग चरणबाटै बाहिरिएका थिए ।












