केपी ओली कप फुटबल प्रतियोगिता: मछिन्द्र क्लब फाइनलमा

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी केपी ओली कप-२०२५ को फाइनल समीकरण पूरा भएको छ ।

शनिबार सम्पन्न प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र फाइनलमा पुगेको हो ।

मछिन्द्रको जितमा स्टेफन जालीले २ गोल गरेका थिए भने मनिष डाँगी र रोशन रानाले एक एक गोल गरेका थिए ।

अब मछिन्द्रले सोमबार हुने फाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्ने छ ।

फाइनल खेल दशरथ रंगशालामा सोमबार साँझ ५ बजेदेखि शुरु हुने छ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *