इटालीका लिजेण्ड गोलकिपर बुफोन काठमाडौंमा
थानकोट ।
इटालीका लिजेण्ड गोलकिपर गियानलुइगी बुफोन काठमाडौं आइपुगेका छन् ।
सोमबार हुने केपी ओली कपको फाइनल खेलका लागि विशेष अतिथिको रुपमा सहभागी हुन बुफोन काठमाडौं आएका हुन् ।
सोमबार दशरथ रंगशालामा हुने फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब भिड्दै छन् ।
आयोजक राष्ट्रिय युवा संघले बुफोनलाई अतिथिको रुपमा काठमाडौँ ल्याएको हो ।
४७ वर्षिय बुफोनले इटालीका लागि १७६ खेल खेलेका छन भने इटालीलाई २००६ को विश्वकप जिताउँदा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।












