यु-२० महिला एसियन कप छनोट: नेपालको समूहमा उत्तर कोरिया भुटान, मंगोलिया र साउदी अरेबिया

Thankot Times

थानकोट ।

एएफसी यु-२० महिला एसियन कप छनोटको ‘ ड्र’ सार्वजनिक भएको छ ।

सोमबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा सार्वजनिक ‘ड्र’ मा नेपाल समूह ‘ए’  मा परेको छ ।

नेपाल रहेको समूह ‘ ए’  मा साविक विजेता उत्तर कोरिया पनि परेको छ ।

समूह ‘ए’ मा नेपाल र उत्तर कोरियासँगै भुटान, मंगोलिया र साउदी अरेबिया छन् । समूह ‘ए’ का खेल भने भुटानमा आयोजना हुनेछन् ।

यसअघि सन् २०२४ मा भएको छनोटको पहिलो चरणमा नेपालले प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्डलाई हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो । तर, दोस्रो चरणमा जितविहीन हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । यसपटक भने एक चरणको छनोट प्रणाली लागू गरिएको छ ।

एसियाका ३३ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ, जहाँ नेपाल रहेको समूह ‘ए’ मा पाँच टिम छन् । अन्य  सात समूहमा भने चार-चार टिम छन् । छनोट चरणका खेलहरू सन् २०२५ को अगष्ट २ देखि १० सम्म हुनेछन् । यो चरणबाट ११ टिम सन् २०२६ मा थाइल्याण्डमा हुने एएफसी यु-२० महिला एसियन कपका लागि छनोट हुनेछन् ।

थाइल्याण्ड भने आयोजकका रूपमा स्वतः छनोट भइसकेको छ । अब आठ समूहका विजेता सिधै छनोट हुनेछन् भने उपविजेतामध्येबाट उत्कृष्ट तीन टिम छानिनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *