गोदावरी मेयर कप फुटबलः चन्द्रागिरि र कागेश्वरीबीचको खेल तालिका सार्वजनिक
थानकोट ।
ललितपुरको गोदावरीमा जारी गोदावरी नगरपालिका अन्तर पालिका उपत्यकाव्यापी खुल्ला मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न समुह ए को खेलमा महालक्ष्मी नगरपालिका विजयी भएको छ ।
बागमती गाउँपालिकामाथि ५-१ गोल अन्तरको जित निकाल्दै महालक्ष्मीले अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै राखेको छ । लगातार दोश्रो हार व्यहोरेपछि बागमती गाउँपालिका प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगिता अन्तर्गत बिहीबार तीनवटा खेल हुनेछन् ।

गोदावरी बहुउद्देश्यीय रंगशालामा हुने दिनको पहिलो खेलमा बिहान ८ः१५ बजे काठमाडाैं महानगरपालिका र मध्यपुर थिमी नगरपालिकाबीच खेल हुनेछ । यस्तै दिनको दोश्रो खेलमा मध्यान्ह १२ः१५ बजे चन्द्रागिरि नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाबीच खेल हुनेछ । यस्तै, तेस्रो खेलमा आयोजक गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाबीच खेल हुनेछ । यो खेल अपरान्ह ३ः३० बजे हुनेछ ।
निरन्तरको वर्षापछि खेलस्थल गोदावरी रंगशाला हिलाम्मे भएपछि अन्यत्र मैदान खेल सञ्चालन हुँदा पूर्वनिर्धारित खेल तालिका प्रभावित भएको जनाइएको छ ।
पाँच लाख रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगितामा काठमाडाैं उपत्यकाका विभिन्न १३ स्थानीय तहले भाग लिएका छन्।













