काठमाडौं जिल्ला बुद्धिचाल संघको अध्यक्षमा केशव श्रेष्ठ निर्वाचित
थानकोट ।
काठमाडौं जिल्ला बुद्धिचाल संघको ७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौंका विभिन्न स्थानीय तहबाट सहभागी प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
जसअनुसार अध्यक्षमा केशव श्रेष्ठ पुनः निर्वाचित भएका छन् ।
नयाँ कार्य समितिको उपाध्यक्षमा टोखाका राजीव श्रेष्ठ र सचिवमा अमित तामाङ चयन हुँदा कोषाध्यक्षमा विक्रम चित्रकार निर्वाचित भएका छन् । संघको सदस्यहरूमा काठमाडौं महानगरपालिकाबाट सिलु अधिकारी, शंखरापुर नगरपालिकाबाट कुमार महर्जन र स्वयम्भू क्षेत्रबाट धर्मरत्न बज्राचार्य चयन भएका छन् ।
संघको साताैं वार्षिक साधारण सभामा प्रतिनिधि सभा सदस्य एवं पूर्व रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुवँर, नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामा, नेपाल बुद्धिचाल महासंघ प्रतिनिधि तारा बहादुर रानाभाट, बागमती प्रदेश बुद्धिचाल संघका प्रतिनिधि रजुला जाेशी, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा प्रतिनिधि भाइकृष्ण बलामी, काठमाडौं जिल्ला युवा परिषद्का अध्यक्ष रूपा थापा मगर, नेपाल बुद्धिचाल महासंघका पूर्व उपाध्यक्ष तथा काठमाडौं स्पाेर्ट्स एकेडेमीका अध्यक्ष नारायण दास गमाल लगायतको उपस्थिति रहेको थियो ।













