चन्द्रागिरि अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता आजबाट
थानकोट ।
चन्द्रागिरि ब्याडमिन्टन क्लबको आयोजनामा आज सोमबारबाट चन्द्रागिरि नगरस्तरीय अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु हुँदैछ ।
प्रतियोगितामा १२ वर्ष उमेर समुह मुनिका छात्र एकल, १२ वर्ष मुनिका छात्रा एकल, १५ वर्ष मुनिका छात्र एकल र १५ वर्ष मुनिका छात्रा एकल गरी ४ विधामा प्रतिस्पर्धा हुने बताइएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुलाई मेडल, ट्रफी, प्रमाण पत्र र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

प्याब्सन चन्द्रागिरि, धौलागिरी ब्याडमिन्टन क्लब र युनाईटेड स्पोर्टस क्लबको सहकार्यमा हुन लागेको प्रतियोगिता चन्द्रागिरि नगरपालिका वडा नं ७ स्थित महांकाल ब्याडमिन्टन कभर्ड हलमा आयोजना हुने छ ।
प्रतियोगिता नगर क्षेत्रमा २३ वटा सामुदायिक र संस्थागत विद्यालयका १९० जना विद्यार्थीहरुले भाग लिएका छन् । जसमा ११९ जना छात्र र ७१ जना छात्रा रहेका छन् ।
प्रतियोगिता जेठ १४ गतेसम्म जारी रहनेछ ।
















