प्रधानमन्त्री कप एनभीए भलिबल लिगको उपाधिका लागि आज न्यु डायमन्ड र पुलिस भिड्दै
थानकोट ।
पोखरामा जारी नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगको महिलातर्फको फाइनलमा नेपाल पुलिस क्लब र न्यु डायमन्ड स्पोर्ट्स क्लबले आज प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा पुलिस अपराजित रहँदै फाइनलमा पुगेको हो ।
साबिक विजेतासमेत रहेको पुलिस ५ खेलमा १४ अङ्कसहित शीर्ष र समान खेलमा न्यु डायमन्ड १२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
तेस्रो स्थानका लागि नेपाल एपीएफ क्लब र एभरेस्ट भलिबल क्लबबीच पनि आजै प्रतिस्पर्धा हुनेछ ।
यस्तै, पुरुषतर्फ गण्डकी प्रदेश र हेल्प नेपालले फाइनल खेल्दा पुलिस र त्रिभुवन आर्मी क्लबले तेस्रो स्थानका लागि खेल्नेछन् ।
नेपाल भलिबल सङ्घको आयोजनामा भइरहेको प्रतियोगितामा दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।












