चौथो ब्राइट फ्युचर एसइइ कपको सेमीफाइनल र फाइनल खेल आज
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापस्थित ब्राइट फ्युचर माविको आयोजनामा जारी चौथो ब्राइट फ्युचर एसइइ कपको अन्तिम दिन आज शनिबार तीन वटा खेल हुँदैछन् ।
आज दुवै सेमीफाइनल खेल र उपाधि छिनोफानोका लागि फाइनल खेल हुने तालिका रहेको छ ।
पहिलो सेमीफाइनलमा आयोजक ब्राइट फ्यूचर मावि र सतुङ्गलस्थित जेसिस माविबीच बिहान ८ बजे खेल हुँदा दोश्रो सेमी फाइनलमा बिहान ८ः३० बजे इभर भिजन स्कुल र हिम शिखर स्कुलबीच खेल हुनेछ ।

सो पछि फाइनल खेलको टुंगो लाग्ने ब्राइट फ्युचर माविले जनाएको छ ।
गत बिहीबारबाट सुरु भएको प्रतियोगितामा चन्द्रागिरि नगर क्षेत्रका विभिन्न ८ विद्यालयका विद्यार्थीहरू सम्मिलित थिए ।
यसअघि ब्राइट फ्युचर माविकै एरिनानामा विद्यालयका अध्यक्ष मोहनकुमार कार्की र काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीले प्रतियोगिताको उद्घाटन गरेका थिए । सो क्रममा विद्यालयका प्रधानाध्यापक दयाराम थापा चन्द्रागिरि वडा नं. १४ का वडा अध्यक्ष राजभाई महर्जन, चन्द्रागिरि प्याप्सनका अध्यक्ष तथा जेसिस इन्टरनेसनल स्कुलका प्रधानाध्यापक सरोज महर्जन लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा काठमाडौंका पश्चिम भेगीय स्कुलहरूलाई लक्षित गरी आयोजना गरिएको हो । गतवर्ष कक्षा १० को परीक्षा दिएर बसेका परीक्षार्थीहरू मात्र सम्मिलित छन् ।
प्रतियोगिताका विजेता, उपविजेता तथा व्यक्तिगत विधामा सर्वोत्कृष्ठ हुने खेलाडीले नगद पुरस्कार तथा छात्रवृत्ति पाउने विद्यालयले जनाएको छ ।
प्रतियोगिताको विजेताले ३५ हजार रूपैयाँ तथा कक्षा ११ मा अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति पाउनेछन् ।
यस्तै, उपविजेताले २० हजार रूपैयाँ तथा कक्षा ११ मा अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति पाउनेछन् ।
व्यक्तिगत विधामा सर्वोत्तम घोषित हुनेले जनही पाँच हजार रुपैयाँ हात पार्नेछन् । साथै, मासिक शुल्कमा शत प्रतिशत छात्रवृत्ति प्रदान गरिने ब्राइट फ्युचर दश जोड २ का प्रमुख श्यामकृष्ण महर्जनले बताए ।












