आईसीसी विश्वकप क्रिकेट लिग-२: नेपालसामु डच टोलीद्वारा २२६ रनको लक्ष्य पेश

Thankot Times

थानकोट ।

नेदरल्यान्ड्सले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसामु २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाएर २२५ रनको योगफल खडा गरेको हो । 

नेदरल्यान्ड्सका नोआह क्रोएसले सर्वाधिक ४८ रन बनाए । उनले ५५ बलमा पाँच चौका प्रहार गरे । कप्तान स्कट एडवार्ड्सले ४६ रन बनाए । उनले ७१ बलमा चार चौका प्रहार गरे । विक्रमजित सिंहले ३८ रन जोडे । 

नेपालका सोमपाल कामीले तीन विकेट लिए । त्यस्तै, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले दुई–दुई विकेट लिए । 

लिग–२ को आफ्नो चौथो चरणअन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *