बिरुवा रोप्न चन्द्रागिरि आउँदै प्रधानमन्त्री केपी ओली

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओली चन्द्रागिरि नगरपालिकामा आयोजना हुने वृक्षारोपण कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।

यही *असार १४ गते चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ कंकालीस्थित मदन भण्डारी पार्कमा युवा संघ नेपाल चन्द्रागिरि नगर कमिटिले संयोजन गर्ने बृहत वृक्षारोपण कार्यक्रममा प्रधानमन्त्री ओली सहभागि हुने बताइएको छ ।

सो कार्यक्रमको तयारी स्वरुप नेकपा एमाले चन्द्रागिरि नगर कमिटि, नागार्जुन नगर कमिटि तथा सो दल सम्बद्ध विभिन्न भातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिले शनिबार वृक्षारोपणस्थल सफाइ गरेका छन् ।

तस्वीरः रवी बुढाथोकी

*यसअघि अन्यथा भएकोले सच्याइएकाे छ । – सम्पादक


Leave a Reply

Your email address will not be published. Required fields are marked *