मन्त्रिपरिषद् बैठक बस्दै
थानकोट ।
आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक साँझ ६ बजेका लागि बोलाएका हुन् ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आजको बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने बताइएको छ ।












