थानकोट चेकपोष्टबाट हराएको मोटरसाइकल चित्लाङ देउरालीमा भेटियो
थानकोट ।
थानकोट चेकपोष्टस्थित खानेपानी कार्यालय हातामा पार्किङ गरिएको अवस्थामा एकाएक हराएको मोटरसाइकल गणेशमान सिंह मार्ग अन्तर्गत चित्लाङ देउरालीमा फेला परेको छ ।
ना २३ प ४९१३ नम्बरको मोटरसाइकल धनीका अनुसार केहीदिन अघि सो मोटरसाइकल बिग्रिएपछि खानेपानी कार्यालय अघिल्तिर रात करिब ११ बजे पार्किङ गरिएकोमा सो भोलिपल्ट बिहान मोटरसाइकल नभेटिएपछि प्रहरीमा खबर गरिएको थियो ।
पछि सीसीटीभी फुटेजहरूमा सो मोटरसाइकल मध्यरातमै थानकोट गोदाममा पुगेको देखिएपछि प्रहरीले सो को अनुसन्धान गर्दै जाँदा चित्लाङ देउरालीस्थित एक खाजा घर नजिकै बेवारिसे अवस्थामा सो मोटरसाइकल फेला परेको हो ।
प्रहरी वृत्त थानकोट, ट्राफिक प्रभाग थानकोट तथा मोटरसाइकल धनीको सक्रियतामा मोटरसाइकल भेटिएको हो ।












