बीमा प्राधिकरणकी सञ्चालक सदस्य चन्द्रागिरिकी पोखरेलले चार महिनामै दिइन् राजीनामा
थानकोट ।
नेपाल बीमा प्राधिकरणकी सञ्चालक सदस्य राधा कुमारी पोखरेलले राजीनामा दिएकी छन् ।
उनले सोमबार मन्त्रालयमा राजीनामा बुझाएको बताएकी हुन् ।
स्वास्थ्य अवस्थाका कारण आफू बैठकमा सहभागी हुन नसकेकाले राजीनामा दिएको पोखरेलले बताएकी छन् ।
पोखरेललाई गत चैत १ गतेदेखि लागु हुनेगरी चार वर्षका लागि महिला सञ्चालकमा अर्थ मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरिएको थियो ।
पोखरेलले सरकारले नियुक्त गरेको चार महिनापछि प्राधिकरणबाट राजीनामा दिएकी हुन् ।
उनको योग्यतालाई लिएर बजारमा प्रश्न उठेको थियो ।
योग्यताकै कारण प्राधिकरणका अध्यक्ष शरद ओझा पनि निलम्बनमा परेका छन् ।












