एमाले चन्द्रागिरि नगरले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान गर्ने

Thankot Times

थानकोट ।

नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ । 

साउन १० मा (शनिबार) सतुङ्गलमा विशेष कार्यक्रम आयोजना गरि उनीहरूलाई सम्मान गर्न लागिएको नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष उत्तम बहादुर राउतले जानकारी दिए । 

विद्यार्थीहरूलाई थप प्रोत्साहन प्रदान गर्ने र उनीहरूको शैक्षिक सफलताको कदर गर्न सो कार्यक्रम संयोजन गरिएको बताइएको छ ।

उक्त सम्मान प्राप्तिका लागि सार्वजनिक आह्वान गरेरै नाम संकलन गरिएको नेकपा एमाले चन्द्रागिरि नगर कमिटिले जनाएको छ । 

गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षामा चन्द्रागिरि नगरबाट सहभागी भएका २०३५ जना परीक्षार्थीहरू मध्ये १७८५ जना परीक्षार्थी उत्तीर्ण भएका थिए । 

नगरको शिक्षा युवा तथा खेलकुद शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार नगरको सामुदायिक विद्यालयका कूल ८०५ जना परीक्षार्थी मध्ये ६२५ जना उत्तीर्ण भएका छन् ।

यो पनि पढ्नुहोस्ः

एसइई २०८१ः चन्द्रागिरिका ५५ मध्ये १३ विद्यालयबाट शतप्रतिशत परीक्षार्थी उत्तीर्ण

रिब्स माविमा यस वर्षबाट कक्षा ११ मा पनि पठनपाठन हुने

एसइई एक्सलेन्स अवार्डबाट चन्द्रागिरिका शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थी सम्मानित

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ