गुर्जुधारामा मोटरसाइकल मेला, जुनसुकै कम्पनीका मोटरसाइकल ठाउँको ठाउँ साटफेर हुने
थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रमा बजाजको एकमात्र आधिकारिक बिक्रेता सतुङ्गलस्थित प्रोफेसनल अटोमोबाइल्सले गुर्जुधारामा मोटरसाइकल सट्टापट्टा मेला सुरु गरेको छ ।
साउन ११ गतेबाट सुरु भएको मेला साउन १६ गतेसम्म जारी रहने बताइएको छ ।
सो क्रममा जुनसुकै कम्पनी र मोडलका मोटरसाइकल बजाज कम्पनीका मोटरसाइकलसँग साटफेर गर्न सकिने कम्पनीले जनाएको छ ।
सो मेलामा बजाज कम्पनीका मोटरसाइकल खरिदका लागि वित्तीय संस्थाबाट बिना सेवा शुल्क किस्ता बन्दी सुविधा, तत्काल नै नगद छुट, निःशुल्क औजार तथा उपकरणहरू प्राप्ति लगायतका सुविधा उपलब्ध हुने कम्पनी सञ्चालक सोहिल खड्गीले जानकारी दिए ।













