नैकापस्थित मदन स्मृति उद्यानमा वृक्षारोपण सम्पन्न

Thankot Times

थानकोट ।

गाईजात्रा पर्वको अवसरमा आज काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मदन स्मृति उद्यानमा वृक्षारोपण गरिएको छ ।

क्याम्ब्रिज इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुल तथा कलेजको पहलमा सो उद्यानमा करिब पाँच सय बोट बिरुवा रोपिएको हो ।

जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई ध्यानमा राख्दै सामाजिक र वातावरणीय उत्तरदायित्व निर्वाह गरी वृक्षारोपण गरिएको विद्यालयका संस्थापक प्राचार्य तथा क्याम्पस प्रमुख केशवबहादुर पुनले जानकारी दिए। उनले उक्त कार्यलाई सामुदायिक सहयोगको उत्तम नमूना भएको बताए।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौंका अध्यक्ष केशव लोचन शर्मा, रोटरी क्लब अफ काठमाडौं कलङ्कीका डा सुलोचना सिग्देल र काठमाडौं युरेका लियो क्लबका अध्यक्ष निर्मलराज शाहीलगायतको सहभागिता रहेको थियो ।

वन विभागअन्तर्गतको बीउबिजन प्रयोगशाला, चालनाखेलले बिरुवा उपलब्ध गराएका हुन्।

बिरुवा ढुवानी, औजार तथा अन्य व्यवस्थापन क्याम्ब्रिज स्कुलले गरेको हो ।

सो कार्यमा चन्द्रागिरि नगरपालिका वडा न. १३ को कार्यालय तथा प्रहरी प्रभाग नैकापले समेत सहयोग गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *