चन्द्रागिरि नगरका विभिन्न स्थानमा आज साँझसम्म नेपाली सेनाको बाक्लो उपस्थिति देखिने
थानकोट ।
सितापाइलास्थित नेपाली सेनाको युद्धकवच गणले चन्द्रागिरि नगरका विभिन्न स्थानमा बुधबार र बिहीबार (आज) अभ्यास सञ्चालन गरिरहेको छ ।
नेपाली सेनाले बुधबार साँझ ६ बजेबाट राति २२ः३० बजेसम्म र बिहीबार बिहान ६ बजेबाट साँझ ५ बजेसम्म चन्द्रागिरि नगरका विभिन्न स्थानमा तालिम कार्यक्रम सञ्चालन भइरहेको जनाएको हो ।
नेपाली सेनाका अनुसार चन्द्रागिरि नगरका टोटी टोल, स्वीजरल्याण्ड पार्क, थानकोट, नैकाप, सुरुङ मार्ग लगायतका स्थानमा उक्त तालिम कार्यक्रम सञ्चालन भइरहेको छ ।













