प्याब्सन काठमाडाैंद्धारा चन्द्रगिरिका ११ विद्यालय, ७ जना विद्यार्थी तथा शिक्षकहरू सम्मानित
थानकोट ।
निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनको काठमाडाैं जिल्ला शाखाले गत वर्षको एसइईमा ४.० जीपीए प्राप्त गर्ने विद्यार्थी
तथा सो परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयलाई एक समारोहका बीच सम्मान गरेको छ ।
प्याब्सनसँग आवद्ध काठमाडाैं जिल्लाका १५९ विद्यालयका २१५ जना विद्यार्थी साउन २८ मा (बुधबार) सम्मानित एका हुन् ।
सम्मानित हुनेमा चन्द्रागिरि नगरपालिका क्षेत्रका ब्राइट फ्यूचर माविका ४ जना, जेसिस इन्टरनेशनल स्कुल, एआई र विद्याश्री एकेडेमीका समान १-१ विद्यार्थी समेत छन् ।
प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबमा शिक्षा मन्त्री रघुजी पन्त लगायतले उनीहरूलाई कदर पत्रसहित सम्मानित गरेका हुन् ।
यस्तै, एसइई-२०८१ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल काठमाडाैंका १५९ संस्थागत विद्यालयलाई समेत बुधबार नै सम्मान गरिएको छ ।
सम्मानित हुनेमा चन्द्रागिरिका ११ वटा विद्यालय पनि छन् । सो अवसरमा विभिन्न विषयमा सर्वोत्कृष्ठ नतिजा ल्याउने विद्यार्थी तथा विषय शिक्षकसमेत सम्मानित भए ।
सम्मानित हुने चन्द्रागिरि नगरका विद्यालयहरूमा ब्राइट फ्यूचर मावि (१३६ जना),बालतारा प्रतिष्ठान (३४ जना), बेसिक लर्निङ स्कुल (४७ जना), गोल्डेन फ्लावर गार्डेन स्कुल (१६ जना), संवृद्धि लर्निङ एकेडेमी (१८ जना),माउण्ट चन्द्रागिरि स्कुल (५५ जना),न्यू डायमण्ड एकेडेमी (१७ जना),मेगा पब्लिक एकेडेमी (९ जना), ऋचा सह शिक्षा सदन (४३ जना), सप्तर्षी ज्ञानपीठ (६ जना) र विद्याश्री एकेडेमी (१२ जना)रहेका छन् ।












