प्रधान सेनापति थाइल्यान्ड जाँदै
थानकोट ।
प्रधान सेनापति अशोक राज सिग्देल सोमबार थाइल्यान्ड जाने भएका छन्।
थाइल्यान्डको हिउ हिनमा भाद्र १०–१२ गते आयोजना हुने सुरक्षासम्बन्धी सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
वि.सं.२०५६ सालदेखि हरेक वर्ष सञ्चालन हुँदै आएको उक्त सम्मेलनमा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ।
यस पटक पनि सहभागी राष्ट्रका सेनाप्रमुखहरूबिच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयमा छलफल, अन्तरक्रिया र विचार आदानप्रदान हुनेछ।
नेपाली सेनाले सैनिक कूटनीति मार्फत आपसी सम्बन्ध विस्तार गर्दै नेपालको परराष्ट्र नीतिमा सकारात्मक योगदान पुग्ने अपेक्षा व्यक्त गरेको छ।
थाइल्यान्ड प्रस्थान गर्नु पूर्व प्रधान सेनापति सिग्देललाई आइतबार जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी निर्मल कुमार थापाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।












