त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी डा. बज्राचार्यलाई

Thankot Times

थानकोट ।

त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी प्राडा. सुशीलबहादुर वज्राचार्यलाई दिइएको छ ।

प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाहले इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. वज्राचार्यलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएका थिए । विश्वविद्यालय पदाधिकारीविहीन भएपछि निमित्तको जिम्मेवारी वज्राचार्यलाई दिएको हो ।

यद्यपि, अध्यादेश जारी हुनुअघि नै प्राडा. दीपक अर्यालले त्रिविको उपकुलपतिबाट राजीनामा दिएका थिए । अर्यालसँगै शिक्षाध्यक्ष प्राडा. खड्ग केसी र रजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालले पनि राजीनामा दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *