सिडेनको अध्यक्षमा रविभूषण झा निर्वाचित
थानकोट ।
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को आठौँ अधिवेशनबाट रविभूषण झा नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनमार्फत चयन गरिएको नयाँ कार्यसमितिमा झाले अध्यक्ष पदमा धनेन्द्र केसीलाई ३१३ मतको अन्तरले पराजित गरेका हुन् ।
झाले कुल एक हजार ३१५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी केसी एक हजार २ मतमा सीमित भए ।
उपाध्यक्षमा मदन पुरी विजयी भएका छन् । उनले १,२८० मत प्राप्त गरेका थिए । महासचिव पदमा पनि झा समूहकै उम्मेदवार सुदर्शन शर्मा निर्वाचित भएका छन् । उनले १,१७४ मत ल्याए ।
त्यसैगरी, उपमहासचिवमा खगेन्द्र अवस्थी विजयी भएका छन् भने कोषाध्यक्ष पदमा रस्मिता बञ्जारा निर्वाचित भएकी छन् ।













