चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले आज स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा ‘पढाउने’ !
थानकोट ।
ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृतस्तरका कर्मचारीहरूका लागि विकास व्यवस्थापन तथा व्यवसाियकता प्रवर्द्धन विषय सेवाकालीन प्रशिक्षण जारी छ ।
प्रशिक्षणको एक्काइसाैं दिन बिहीबार दिनको पहिलो सत्रमा स्थानीय तहमा सार्वजनिक सेवा प्रवाहः अभ्यास, समस्या र चुनाैती विषयमा सहभागीहरूका लागि प्रशिक्षण दिइने तालिका छ ।
जसका लागि चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीलाई निमन्त्रणा गरिएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले जनाएको छ।
बिहान ११ बजेबाट सुरु हुने सो सत्र मध्यान्ह १२ः३० बजेसम्म जारी रहने बताइएको छ ।
फाइल फोटो













