मन्त्रालयमै खाने, ओछ्यान लगाएर सुत्ने, यही काम गर्ने-शिक्षा मन्त्री महावीर पुन

Thankot Times

थानकोट ।

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयमै बसेर काम गर्ने बताएका छन् ।

मन्त्री पुनले सोमबार (असोज ६) शपथग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हन् ।

“मन्त्रालयभित्र किचन होला, यही पकाएको खाने, ओछ्यान लगाएर यही सुत्ने, यही काम गर्ने हो,” पत्रकारको प्रश्नमा उनले भने, “काम गर्ने हो । म मन्त्री हुँदैमा सबै सुधार हुन्छ भन्ने छैन । म भगवान हैन ।”

आफ्नो पालोमा केही न केही सुधारको काम गर्ने उनले बताए । आफ्नो लयमा किताब बेच्दै गरेको समयमा एक्कासि मन्त्री बन्नुपरेको पनि उनले बताए ।

आफूले काम गर्दा विज्ञको सुझाव लिएर अगाडि बढ्ने बताए । विज्ञान प्रविधि र अनुसन्धानमा नै आफ्नो ध्यान हुने उनको भनाइ छ ।

अहिले शिक्षा र विज्ञानको क्षेत्रमा यही काम गर्छु भनेर योजना नरहेको उनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *