स्क्राबल क्लब नेपालको अध्यक्षमा केशव प्रसाद पराजुली चयन

Thankot Times

थानकोट ।

स्क्राबल क्लब नेपालको अध्यक्षमा केशव प्रसाद पराजुली चयन भएका छन् ।

मकवानपुरको हेटौंडास्थित बालजागृति बिद्यालयमा शुक्रबारदेखि जारी स्क्राबल क्लब नेपालको ११औं राष्ट्रिय च्याम्पियनसिपका क्रममा बसेको केन्द्रिय समिति चयन भेलाले नयाँ कार्यसमिति गठन गरेको हो।

जसअनुसार आगामी कार्यकालका लागि केन्द्रीय कार्यसमिति अध्यक्षमा केशव प्रसाद पराजुली चयन हुँदा उपाध्यक्षमा धुब थापा चयन भएका छन् ।

महासचिवको जिम्मेवारी नवीन पन्तले पाउँदा कोषाध्यक्षमा भने पूर्ण बहादुर राना चयन भएका छन्। यस्तै सचिवमा अमर कुँवर, सह-कोषाध्यक्षमा विनोद पौडेल चयन भएका छन् ।

निर्देशक (व्यवस्थापन तथा स्वयंसेवक संचालन) तर्फ शर्मिला पौडेलले जिम्मेवारी पाउँदा निर्देशक (सदस्यता विकास)को जिम्मेवारी भोजराज सुबेदीले पाएका छन् ।

निर्देशक (प्राविधिक तथा व्यावसायिक विकास) मा अर्जुन पाण्डे चयन हुँदा निर्देशक (जनसम्पर्क तथा अन्तर्राष्ट्रिय सम्बन्ध) मा अपर्णा गुप्ता चयन भएको बताइएको छ ।

यसैगरी प्रवक्ता तथा सूचना अधिकारीमा बुद्ध गौतम चयन भएका छन् ।

केन्द्रीय कार्यसमितिको पूर्णतापछि अब क्रमशः प्रदेश, जिल्ला तथा गाउँ-नगर तहका संरचनाहरू गठन गरिने क्लबका महासचिव नवीन पन्त जानकारी दिए ।

साथै, क्लबको १२औं राष्ट्रिय च्याम्पियनसिप बुटवलस्थित एपेक्स स्कूलमा आयोजना गरिने निर्णय भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *