पूर्वशिक्षा मन्त्री आमोदप्रसाद उपाध्यायको निधन

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ ।

केही वर्षयता राजनीतिमा निष्क्रिय रहेका उपाध्यायको ९२ वर्षको उमेदरमा गए राति निधन भएको हो ।

विराटनगर महानगरपालिका–७ का स्थायी बासिन्दा उपाध्याय क्यान्सरबाट पीडित थिए ।

परिवारका अनुसार उनको उपचार भइरहेको थियो ।

उपाध्यायको निधनप्रति कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालालगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

२०५१ सालमा राष्‍ट्रिय सभा सदस्य भएका उपाध्याय २०५६ देदि २०५८ सालसम्म शिक्षा तथा खेलकूद मन्त्री बनेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *