विद्यार्थीको कपाल जथाभावी नकाट्न काठमाडौं महानगरको सर्कुलर

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले विद्यार्थीहरूको कपाल जथाभावी नकाट्न महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयलाई सर्कुलर गरेको छ ।

बुधबार महानगरले महानगरपालिका अन्तर्गतका केही विद्यालयहरूमा छात्रको कपाल लामो भएको भन्दै विद्यालयमा जथाभावी मुन्डन गरिदिने कार्यले छात्रलाई मनोवैज्ञानिक असर परेको जनगुनासो आएको जनाएको छ ।

सोही कारण शारीरिक वा मानसिक यातना नहुने गरी आचारसंहिता पालना गराउन पनि महानगरले विद्यालयहरूलाई अनुरोध गरेको छ ।

“शिक्षा नियमावली, २०५९ को नियम २५ (ट) मा विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागु गर्ने र नियम १३३ (१) (ट) मा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने भन्ने व्यवस्था समेत रहेको सन्दर्भमा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुने गरी आचारसंहिता पालना गर्न गराउन हुन अनुरोध छ,” महानगरले सर्कुलरमा भनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ