मन्त्री पुनले दिए राजीनामा
थानकोट ।
अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन् ।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्चालमार्तफ पुनले राजीनामा दिएकाे बताए ।
उनले कारण भने आफ्नाे अभियानलाई निरन्तरता दिन भनेका छन् ।
आइतबार मात्रै सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिएका थिए । यसअघि खेलकुद मन्त्री बब्लु गुप्ना, भाैतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले राजीनामा दिएका थिए । खरेल, घिसङ र गुप्ता राजनीतिमा सक्रिय हुने बताएका छन् । उनीहरू २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्दैछन् ।
पुनले म्यादीबाट उम्मेदवारी दर्ता गर्ने चर्चा छ।
















