बबरमहलमा मोटरसाइकल दुर्घटना, घाइते भएका धादिङका युवाको उपचारको क्रममा मृत्यु
थानकोट ।
काठमाडौंको बबरमहलमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
तारकेश्वर नगरपालिका–४ गुहेश्वरी बस्ने धादिङ घर भएका १८ वर्षीय राहुल श्रेष्ठको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो ।
प्रहरीका अनुसार गएराति काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित सडकमा बा.प्र ०२–०६१ प ७२३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक श्रेष्ठ घाइते भएका थिए ।
उनलाई गएराति नै त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।
















