श्रीमती हत्याको अभियोगमा समातिए विनोद

Thankot Times

थानकोट ।

श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२३ वर्षीया श्रीमती कोपिला नेपालीको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका–७ देउराली डाँडा बस्ने २७ वर्षीय विनोद तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

विनोदले घरायसी विवादका क्रममा कोपिलालाई चिरपट प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको खुलेको छ ।

हत्यापछि उनले प्रहरी चौकी टिकाभैरवमा गई आत्मसर्मपण गरेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *