काठमाडौं क्षेत्र नं. ९ का यी उम्मेदवारले उम्मेदवारी फिर्ता लिए
थानकोट ।
जसपा नेपालबाट काठमाडौँ–९ मा उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिएका छन् ।
उनले यस क्षेत्रमा नेपाली कांग्रेसकी उम्मेदवार नानू बाँस्तोलालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका कांग्रेस नेता किरण गिरीले जानकारी दिए ।
प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ–९ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा छन्।
यहाँ ३४ मतदान स्थल र ९० वटा मतदान केन्द्र छन्।
काठमाडौ महानगरपालिकाको वडा नम्बर १२,१४,२१ र २२ चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १,१२,१३,१४ र १५ र नागार्जुन नगरपालिकाको वडा नम्बर ६,७,८,९ र १० यस क्षेत्रमा पर्दछ ।

















