चन्द्रागिरिमा एक महिलाको साथमा रहेको १४ लाख रुपैयाँ लुटपाट र ठगीको आरोपमा एक जना पक्राउ
थानकोट ।
१४ लाख रुपैयाँ लुटपाट र नक्कली सुन देखाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुली घर भएका धनबीर वाइबा छन् ।
उनलाई प्रहरी वृत्त थानकोट र प्रभाग बलम्बुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
गत फागुन १० मा चन्द्रागिरि बस्ने देवी श्रेष्ठलाई जग्गा किनबेचको बाहना बनाउँदै उनको कोठाबाट वाइबाले १४ लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।
यो घटनामा अनुसन्धान गर्दा ९ चैतमा वाईबालाई प्रहरीले टोखाबाट पक्राउ गरेको हो ।
होटल तपोवन २ को कोठा नम्बर १०५ बाट उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनको साथबाट आधा किलो नक्कली सुन भेटिएको छ ।
३ थान मोबाइल र नबील बैंकको चेक पनि बरामद भएको छ ।















